प्रहरीले भन्यो रबि लामिछानेलाई पक्राउ गरेर कारबाही अघि बढाऊछौ

सुनौलो नेपाल काठमाडौं – चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले पत्रकार शालिकराम पुडासैनी प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेविरुद्ध कारवाही प्रक्रिया अघि बढेको बताएका छन् । पत्रकार पुडासैनीले खिचेको भिडियो र रेकर्ड गराएको अडियो प्रहरीले नै गायब गरेको आरोप लागिरहेका बेला मल्लले रविसहित तीन जना विरुद्ध कारवाही थालिएको जानकारी दिएका हुन् ।

पत्रकार पुडासैनीले भिडियोमा रवि युवराज कँडेल र ओखलढुंगाकी युवती अस्मिता कार्कीका कारण आफू संसार छाड्न बाध्य भएको कुरा भिडियोमा बोलेका छन्। एसपी मल्लले असार २१ देखि नै चितवन प्रहरी यही प्रकरणको अनुसन्धानमा जुटेको बताएका छन् । म यही विषयमा लागि रहेको छु प्रहरीले रवि लामिछानेलाई सम्पर्क गरिरहेको छ एसपी मल्लले भने अब पक्राउ गरी कारवाही प्रकृया अघि बढाइन्छ।

म त्यो प्रकृयामा लागिसकेको छु। एसपी मल्लले पुडासैनीको मोबाइल फोन र उक्त फोनमा रहेका अडियो भिडियो ल्याबमा परीक्षण भइसकेको पनि जानकारी दिए। उनका अनुसार ल्याव परीक्षणबाट मोबाइलमा भेटिएको भिडियोको आवाज पुडासैनीकै पुष्टि भएको छ। विधि विज्ञान प्रयोगशालामा गरिएको ल्याव रिपोर्ट पनि आइसेको छ मल्लले भने किटाणी जाहेर आएपछि अब कारवाही प्रक्रिया अघि बढ्छ ।

हेर्नुहोस केहि समय पहिले चितवनका एसपी ले सुनौलो नेपालका लागी यहि बिषयमा दिएको अन्तरवार्ता

बुध, साउन २९, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस