सुनको मूल्य अहिलेसम्मकै महँगो, हेर्नुहोस आज कति पुग्यो

सुनौलो नेपाल साउन, काठमाडौं । दिनानु दिन आकाशिदै गएको सुनको मूल्य आज पनि प्रतितोला एक हजार दुई सय रुपैयाँले बढेको छ ।

बिहिबार नेपाल सुन चाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मुल्य सूचीमा आजका लागि प्रतितोला छापावल सुनको मूल्य ७१ हजार ५०० रुपैयाँ तोकेको छ ।

तेजावी सुनको मूल्य पनि प्रतितोला ७१ हजार २ सय कायम भएको छ । आजका लागि तोकिएको सुनको मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि साउन २८ गते छापावाल सुनको प्रतितोला मूल्य ७१ हजार पुगेको थियो ।

महिलाहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा हरेक बर्ष आक्रामक ब्यापार हुने सुनको अहिले भने मूल्य बढेसँगै सुन किन्ने ग्राहक घटेका छन् । त्यसैले बैंकमा हाल करिब ७ सय किलोभन्दा धेरै सुन थुपि्रएको व्यवसायीहरुले बताएका छन् । सरकारले काँचो सुन आयात र कारोबारको जिम्मा वाणिज्य बैंकहरुलाई मात्र दिएको छ ।

आजको मूल्य नेपाली इतिहासकै सर्वाधिक महँगो हो।

बिहि, साउन ३०, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस