आज जनै पुर्णिमा, यसकारण लगाउनुहोस जनै

साउन ३० काठमाडौं हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व जनै पूर्णिमा अर्थात् ऋषितर्पणी आज धुमधामका साथ मनाइँदैछ। जनै पूर्णीमाका दिन पुरोहितबाट नयाँ जनै फेर्नुका साथै हातमा रक्षा-बन्धन बाँध्ने परम्परा छ।

वैदिक परम्पराअनुसार जनैलाई ज्ञानको धागोसमेत भनिन्छ। संस्कृतिविद्‍हरुका अनुसार जनैका दुई डोरामध्ये एउटा डोरामा रहने तीन शिखालाई ब्रम्हा विष्णु र महेश्वरको प्रतीकका रुपमा पुजिन्छ। अर्को डोराको तीनवटा शिखालाई भने कर्म उपासना र ज्ञानको रुपमा मानिन्छ।

जनैपूर्णीका दिन पितृलाई तर्पण दिने गरिन्छ। यस दिन काठमाडौंको पशुपति र मणिचूड रसुवाको गोसाइँकुण्ड ललितपुरको कुम्भेश्वर सिन्धुपाल्चोकको पाँचपोखरी धनुषाको जनकपुरधाम धनुषसागर र गंगासागर जुम्लाको दानसाधु एवम् नवलपरासीको त्रिवेणीधामलगायतका ताल पोखरी र कुण्डमा मेला लाग्ने गर्छ।यस दिन पितृलाई तर्पण दिँदा मृत आत्माहरुको मनले शान्ति पाउने विश्वास छ।

बिहि, साउन ३०, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस