म्याग्दीका वडाअध्यक्ष्यलाई दलियो कालोमोसो

साउन ३० काठमाडौं म्याग्दी जिल्लाको बेनी नगरपालिका २ का वडा अध्यक्ष हिराबहादुर थापालाई कालोमोसो लगाइएको छ । भ्रष्टाचार गरेको भन्दै नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले विहिबार वडा कार्यालयमा अध्यक्ष्य थापालाई कालोमोसो लगाएको हो ।

नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले भ्रष्टाचार गरेको राजश्व संकलनमा नाताबाद कृपाबाद गरेको बजेट वितरणमा मानोमानि गरेको लगायत आरोप लगाउँदै जनकारबाही स्वरुप कालोमोसो दलिएको जनाएको छ । पटकपटक सुझाव दिँदापनि सुधार नभएकाले चेतावनी स्वरुप कालोमोसो दलेको पार्टीले जनाएको छ ।

बिहि, साउन ३०, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस