नागरिकता लिन वडा कार्यालय गएका मनोजलाई वडा अध्यक्ष्यले कुटेर पठाए

साउन ३० काठमाडौं नागरिकता लिन वडा कार्यालय गएका एक युवक वडा अध्यक्षबाटै कुटिएका छन्। सिरहा नगरपालिका १८ का २५ वर्षीय मनोज कुमार रायलाई सोही वडाका अध्यक्ष रामसोगारथ यादवसहितको समूहले कुटपिट गरेको हो।

गत असार २५ गत्ते मनोजका बुवा रामसेवक रायको नागरिकताको प्रमाणपत्र वडा अध्यक्ष यादवले सिँचाई बोडिङको उपभोक्ता समिति निर्माण गर्ने भन्दै लिएका थिए। मनोज सोही नागरिकता फिर्ता लिन साउन २८ गत्ते दिउँसो वडा कार्यालय पुगेका थिए। नागरिकता माग्दा वडा अध्यक्षजीले हरायो भनेपछि विवाद भएको मनोजले बताए। मनोजले भने सोहीबीचमा अध्यक्षजीले ममाथि हात छाड्नुभयो मैलेपनि प्रतिवाद गरे। त्यसपछि वडा अध्यक्षजीले मान्छे बोलाएर तारले मेरो हात बाँधेर निर्घात कुट्न लगाउनु भयो।

कुटपिटबाट आफ्नो शरिरको विभिन्न भागमा गहिँरो चोट रहेको उनले बताए। उपचारपछि औषधी खाएर घरमा आराम गरिरहेको उनको भनाई छ। वडा अध्यक्ष यादवले भने आफुले मनोजलाई नकुटेको जिकिर गरेका छन्। आवश्यक अनुसन्धानपछि कानुनबमोजिम कारबाही अघि बढाउने प्रहरीले जनाएको छ।

बिहि, साउन ३०, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस