२३३ जना सवार विमानमा एक्कासी चरा ठोक्किएपछि…

साउन ३० काठमाडौं रुसी यात्रुवाहक विमान चरासँग ठोक्किएपछि राजधानी मस्को नजिकैको मकैबारीमा आपतकालिन अवतरण गरेको छ। उक्त विमानमा सवार २३ जना घाइते भएका छन्। विमान अवतरण भइरहेको देखेका एक स्वास्थ्य अधिकारीका अनुसार विमान अवतरण गर्नेक्रममा इन्जिन बन्द भएको थियो।

क्रिमियाको सिम्फेरोपुलका लागि उडेको युराल एयरलाइन्सको एयरबस ३२१ विमान उडिरहेको गुल्सको बथानमा ठोक्किएपछि इन्जिनमा क्षति भएको थियो। उडेको केही समयमै उक्त दुर्घटना भएको हो। रुसी मिडियाहरुले इन्जिन बन्द हुँदा पनि अवतरण हुनु मिराकल भएको बताएका छन्। युराल एयरलाइन्सले विमान पूर्णरुपमा क्षति भएको र आगामी दिनमा उडान भर्न नसक्ने जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको छ।

चालक दलका सदस्यसहित २३३ जना सवार विमानमा एक्कासी चरा ठोक्किएपछि चालक दलका सदस्यले आकस्मिक अवतरणको निर्णय लिएका थिए । एक नाम नखुलेका विमानमा सवार यात्रुले भने विमान उडेको केही समयमै एकाएक हल्लिएको थियो। करिब पाँच सेकेन्डपछि दायाँपट्टी रातो बत्ती बलेको र केही जलेको जस्तो गन्ध आएको थियो। त्यसपछि हामी ल्यान्ड भयौं र भाग्न थाल्यौं।
बीबीसी

बिहि, साउन ३०, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस