आज पनि भएन एनसेल कर विवादबारे निर्णय

साउन ३० काठमाडौं एनसेलको कर विवादमा सर्वोच्च अदालतले भदौ ५ गते निर्णय सुनाउने भएको छ । बिहीबार निर्णय सुनाउने भनिए पनि अर्को विहीबारलाई सरेको हो । एनसेलको कर विवादसम्बन्धी रीट सर्वोच्चमा न्यायाधीशहरु तेजबहादुर केसी पुरुषोत्तम भण्डारी डम्बरबहादुर शाही सुष्मालता माथेमा र मनोजकुमार शर्मा रहेको बृहत पूर्ण इजलासमा छ ।

ठूला करदाता कार्यालयले गत वैशाख ३ गते एनसेलको सेयर स्वामित्व खरिद बिक्रीबापत ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ पूँजीगत लाभकर तिर्न बाँकी रहेको भनी ७ दिनभित्र तिर्न एनसेललाई पत्राचार गरेको थियो । त्यसविरुद्ध एनसेल रीट लिएर सर्वोच्च गएको थियो ।

बिहि, साउन ३०, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस