प्रधानमन्त्री ओलीलाई ज्वरो आयो, सचिबालय बैठक स्थगित !

काठमाडौं । पार्टी अध्यक्ष तथा प्रधामन्त्री समेत रहेका केपी शर्मा ओलीलाई ज्वरो आएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पुनः स्थगित भएको छ ।बैठक शुक्रबारसम्म लागि स्थगित भएको पार्टी प्रवक्तासमेत रहेका नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बताएका छन् ।

दिउँसो तीन बजेका लागि निर्धारित बैठकका लागि पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका अन्य सदस्यहरु बालुवाटार पुगेर कुरेको झण्डै डेढ घण्टापछि प्रधानमन्त्रीको स्वास्थ्यको प्रतिकूलताका कारण बैठक स्थगित गर्ने सूचना जारी गरिएको थियो।

प्रवक्ता नारायणकाजी श्रेष्ठले भने बैठक स्थगित मात्रै भएको जानकारी दिएका छन्। पछिल्लो समय पूर्वनिर्धारित समयमा बैठक बस्न नसकेको यो तीनपटक हो ।ओलीले भर्खरै मात्र सिंगापुरमा ९ दिन सम्म उपचार गरेर आफू निको भएको दाबी गरे पनि उनको अस्वस्थताका कारण देखाउँदै बैठक फेरि स्थगित हुन पुगेको छ।

बिहि, साउन ३०, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस