पत्रकार शालिकराम प्रकरण: शालिकरामले पोलेका युबराज भन्छन ”आमाको कसम खाएर भन्छु सालिकले भनेकी युवतीलाई मैले चिनेकै छैन !

पत्रकार शालिकराम पुडासैनी २०७६ साउन २० गते चितवनको होटल कंगारुको कोठा नम्बर २०२ मा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए। त्यसअघि रुँदै आफैंले मोबाइलमा दुर्इ वटा भिडियो बनाएका थिए। प्रहरीले बरामद गरेका ती भिडियो प्राविधिक परिक्षणका लागि प्रहरी प्रधान कार्यालयमा रहेको डिजिटल फरेन्सिक ल्याब पठाइएको छ र बुधबार विभिन्न मिडियामा भिडियो सार्वजनिक पनि भएको छ ।

सार्वजनिक भिडियोमा करिब १० मिनेटभन्दा बढी उनले रुँदै भिडियोमा श्रीमती सम्झना र आमाबुवासँग माफी मागेका छन्। त्यो घटनाको कारण न्युज२४ टेलिभिजनबाट प्रसारण हुने सिधाकुरा जनतासँग टिमका रवि लामिछाने युवराज कँडेल तथा अर्की एक युवती रहेको खुलाएका छन्। तर भिडियोमा नाम मुछिएका मध्ये अस्मिता कार्की बाहेक युबराज कंडेल र रबि लामिछाने दुवैको भिडियो जोडिएको आफ्नो नाम जोडिएको बारे सामाजिक संजालमा प्रतिक्रिया दिंदै रबि लामिछानेले आफ्नो फेसबुकमा लेखेका छन् आरोप लगाउने मरेर गएपनि आरोप खेप्ने म जिउदै छु।मर्नेले लगाएको एउटा मात्रै आरोप प्रमाणित होस्, र हदै सम्मको सजाय होस्। थप जानकारी केही समयमा गराउने छु। सारा आरोप सुन्दा लाग्यो शालिकराम लाई ठुलो भ्रम परेछ।

त्यस्तै लामिछानेका सहकर्मी युबराज कंडेल लेख्छन मेरी आमाको कसम खाएर भन्छु सालिकले भनेकी युवतीलाई न मैले अहिलेसम्म चिनेको छु न देखेको छु न भेटेको छु न सालीकसँग जोडीदिएको छुअनि अस्टेलिया पठाइदिने लगाएतका यि यावत आरोपहरुमा एउटा पनि गल्ती म बाट भएको रहेछ भने यो देशमा कानुन छ अनि सबैकुरा देख्ने ईश्वर छ म मर्न तयार छु । सबैकुरा छानबिन होस ।हामीले कुनै अपराध गरेका छैनौ

यसैबीच काठमाडौं प्रहरीले पत्रकार शालिकराम प्रकरणमा दोषी भएको आरोपमा उनले छोडेको भिडियोका आधारमा अस्मिता कार्कि लाई भर्खरै पक्राउ गरेको छ । कार्कीलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले काठमाडौंबाट बिहीबार पक्राउ गरेको हो। अस्मितालाई जिल्ला प्रहरी कार्यालय चितवनको महिला प्रहरीको टोलीले नियन्त्रण गरी भरतपुर लगेको हो। कार्की पक्राउ परेसँगै प्रहरीले रवि र युवराजमाथि पनि निगरानी बढाएको छ। स्रोतका अनुसार अस्मितालाई रविकै समूहका सदस्यले नियन्त्रणमा राखेका थिए। तर प्रहरीको टोलीले उनलाई पक्राउ गरेर चितवन लगेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दान मल्लले पुडासैनी प्रकरणको अनुसन्धान अघि बढिसकेकाले रवि र युवराज पनि प्रहरीको निगरानीमा रहेको बताएका छन्। हाम्रो अनुसन्धान अघि बढिसकेको छ पुडासैनीले नाम लिएका तीनैजना पक्राउ पर्छन् यसमा कुनै सन्देह छैन मल्लले भने पुडासैनीको मोबाइल र त्यसमा रहेका अडियो भिडियो ल्याव परीक्षणपछि बिहीबारै चितवन पुगेपछि अनुसन्धानले अझै तीव्रता पाउँछ। हामी यसमा कुनै कमजोरी नगरी अनुसन्धान गर्छौँ। कसैको दबाब या प्रभाव परेर प्रहरीले कारवाही रोक्दैन। निधनअघि शालिकरामले खिचेको भिडियोमा रवि लामिछाने युवराज कँडेल र अस्मिता कार्कीका कारण आफूले यस्तो गर्नुपरेको कुरा उल्लेख गरेका थिए।

बिहि, साउन ३०, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस