नेकपा सचेतकको घरमा शक्तिशाली बम प्रहार

साउन ३१ काठमाडौं प्रदेश सभाका नेकपाका प्रमुख सचेतक नेकपाका नेता माननीय भूमिश्वर ढकालको घरमा राति पेट्रोल ब*म आ*क्रमण भएको छ । ढकालको घरमा तीनवटा पेट्रोल ब*म प्र*हार भएको र त्यसले गाडीमा क्षति पुगेको बताइएको छ ।

ढकाल गम्भीर बिरामी परेर काठमाडौंमा उपचारका लागि मेडिसिटी अस्पताल भर्ना भएका बेला यहाँ घरमा आ*क्रमण भएको हो । प्रहरीका अनुसार सचेतक ढकाल सुत्ने कोठा उनका बुवा–आमा सुत्ने कोठा र उनले प्रयोग गर्ने लु १ ज ४५६ नम्बरको गाडीलाई लक्ष्य गरी अज्ञात समूहले ब*म प्र*हार गरेकाे हाे। प्रहरीको टोली अहिले घटनास्थल पुगेर अनुसन्धान गरिरहेकाे छ। ब*म कसले प्र*हार गरेकाे हाे भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ।

शुक्र, भदौ १, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस