रबि लामिछानेको रिहाईको माग गर्दै चक्काजाम !

प्रहरीले पक्राउ गरेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकले रिहाइको माग गर्दै चितवनको चौबिसकोठीमा चक्का जाम गर्न खोज्दा पाचँ जनालाई चितवन प्रहरील नियन्त्रणमा लिएको छ ।आज जिल्ला प्रहरी कार्यालय अगाडि समर्थकहरुले नाराबाजी सहित प्रर्दशन गरिरहेका छन । बाक्लो संङख्यामा लामिछानेका समर्थहरु उपस्थित भएका छन् ।

पत्रकार शालिकराम पुडासैनी प्रकरणमा न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको चितवन लगेपछि बिहान १० बजे अदालतमा उपस्थिति गराउने कार्यक्रम रहेको छ ।

बिहानै रबि लामिछानेकी पत्नी निकिता पौडेल र कार्यक्रम उत्पादक दिपक बोहोरा र उनका वकिलले भेट गरेका छन् । यति बेला जिल्ला प्रहरी कार्यालयको परिसरमा समर्थकको बाक्लो उपस्थिति रहेको छ भने सुरक्षा ब्यबस्था कडा पारिएको छ ।साथै उनका समर्थकले जिल्ला प्रहरीले कार्यालयको अगाडी निर्दोस फसाउन पाईदैन दोषी छोड्न पाईदैन भन्दै नाराबाजी सुरु गरेका छन् ।

उनलाई हिजो साँझ न्युज २४ को कार्यालयबाट नियन्त्रणमा लिईएको थियो ।बिहिबार प्रसरण हुने कार्यकमको तयारीमा रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ नियन्त्रमा लिएको हो ।उनलाई अनुसन्धानका लागि हिजै राति काठमाडौंबाट चितवन लगिएको थियो ।

शुक्र, भदौ १, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस