नेकपाको सचिवालय बैठक शुरु

काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक शुरु भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पार्टीको एकता प्रक्रियाका साथै एकताका लागि टुंगिनबाँकी विभाग गठनका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाका कारण पटकपटक स्थगित हुँदै आएको बैठक केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँडका साथै सहमति हुन नसकेको स्कूल विभाग गठन लगायतका विषयमा छलफल हुनेछ ।यसअघि बिहीबारका लागि बोलाइएको बैठकमा सहभागी हुन नेताहरु बालुवाटार पुगेपनि अध्यक्ष ओली अस्वस्थ भएपछि बैठक आजका लागि सारिएको थियो ।

शुक्र, भदौ १, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस