प्रधानमन्त्री भन्छन: म सिकिस्तै भएँ भनेर आउनु भयो कि क्या हो? अझै बीस वर्ष बाच्छुं !

साउन ३१ काठमाडौं प्रधानमन्त्री केपी ओलीले आफुँलाई अझै २० वर्ष केही नहुने बताएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले प्रधानमन्त्री ओलीले आफ्ना कार्यकर्तालाई चिकित्सकको भनाइ उद्धृत गर्दै अझै २० वर्ष केही हुँदैन भनेको जनाएका छन् ।

अर्यालले केही बेरअघि ट्विट गर्दै भनेका छन् आज बिहान ११ बजे झापा क्षेत्र नम्बर ५ का कार्यकर्ताहरुसँग कुराकानीको प्रारम्भमै ताजगी मुद्रामा प्रधानमन्त्रीले भन्नुभयो म सिकिस्तै भएँ भनेर आउनु भयो कि क्या हो हिजो केहीबेर ९९ डिग्री ज्वरो आएको थियो ठीक भयो । डाक्टर भन्छन् अझै बीस वर्ष ठीक रहनेछौ । प्रचार अर्कै ढंगले भइदिन्छ ।

प्रधानमन्त्री ओली गत सोमबार मात्रै स्वास्थ्य परिक्षण गरेका सिंगापुरबाट स्वदेश फर्किएका हुन्। स्वास्थ्य परीक्षणको क्रममा उनी १० दिन सिंगापुर बसेका थिए। उनको १२ वर्षअघि भारतमा मृगौला प्रत्यारोपण गरिएको थियो।

शुक्र, भदौ १, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस