समर्थकलाई छल्दै रबि लामिछानेलाई अदालतमा उपस्थित गराईयो, चितवनमा जनआन्दोलनकै झल्को !

साउन ३१ काठमाडौं प्रहरीले केही दिन अघि पत्रकार शालिकराम पुडासैनीप्रकरणमा संलग्न रहेको अशंका न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने युवराज कँडेल र ओखलढुङ्गाकी अस्मिता कार्कीलाई म्याद थप गर्न जिल्ला अदालत उपस्थित गराएको छ ।जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रवि लामिछानेका समर्थकले प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई पछाडीको गेटबाट अदालतमा उपस्थित गराएको हो । समर्थकको बाक्लो उपस्थितीले चितवनमा यति बेला जनआन्दोलनकै झल्को दिएको छ । भने सुरक्षा ब्यबस्था कडाई गरेको प्रहरीले बताएको छ

लामिछाने र कँडेल बिहीबार साँझ न्यूज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ परेका हुन् भने कार्की कलंकीबाट पक्राउ परेकी हुन् । तीनै जनालाई बिहीबार नै काठमाडौंबाट पक्राउ गरेर चितवन लगिएको थियो ।प्रहरीले पक्राउ गरेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकले रिहाइको माग गर्दै चितवनको चौबिसकोठीमा चक्का जाम गर्न खोज्दा पाचँ जनालाई चितवन प्रहरील नियन्त्रणमा लिएको छ ।आज जिल्ला प्रहरी कार्यालय अगाडि समर्थकहरुले नाराबाजी सहित प्रर्दशन गरिरहेका छन । बाक्लो संङख्यामा लामिछानेका समर्थहरु उपस्थित भएका छन् ।

पत्रकार शालिकराम पुडासैनी प्रकरणमा न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको चितवन लगेपछि बिहान १० बजे अदालतमा उपस्थिति गराउने कार्यक्रम रहेको छ ।

बिहानै रबि लामिछानेकी पत्नी निकिता पौडेल र कार्यक्रम उत्पादक दिपक बोहोरा र उनका वकिलले भेट गरेका छन् । यति बेला जिल्ला प्रहरी कार्यालयको परिसरमा समर्थकको बाक्लो उपस्थिति रहेको छ भने सुरक्षा ब्यबस्था कडा पारिएको छ ।साथै उनका समर्थकले जिल्ला प्रहरीले कार्यालयको अगाडी निर्दोस फसाउन पाईदैन दोषी छोड्न पाईदैन भन्दै नाराबाजी सुरु गरेका छन् ।

उनलाई हिजो साँझ न्युज २४ को कार्यालयबाट नियन्त्रणमा लिईएको थियो ।बिहिबार प्रसरण हुने कार्यकमको तयारीमा रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ नियन्त्रमा लिएको हो ।उनलाई अनुसन्धानका लागि हिजै राति काठमाडौंबाट चितवन लगिएको थियो ।

शुक्र, भदौ १, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस