नारायणकाजीलाई पाखा लगाउदै स्कुल बिभागमा इश्वर पोख्रेलले मारे बाजी !

१ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्कुल विभागको नेतृत्व ईश्वर पोखरेलले पाएका छन् । शुक्रबार बसेको सचिवालय समितिको बैठकले उनको जिम्मेवारी टुंग्याएको हो । यसअघि का बैठकमा नारायणकाजी र पोख्रेलको बीचमा सहमति नहुदा कार्यबिभाजन टुंगिन सकेको थिएन ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पार्टीको एकता प्रक्रियाका साथै एकताका लागि टुंगिनबाँकी विभाग गठनका विषयमा छलफल भएको थियोप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाका कारण पटकपटक स्थगित हुँदै आएको थियो  ।यसअघि बिहीबारका लागि बोलाइएको बैठकमा सहभागी हुन नेताहरु बालुवाटार पुगेपनि अध्यक्ष ओली अस्वस्थ भएपछि बैठक आजका लागि सारिएको थियो ।

यस्तै शुक्रबार बसेको सचिवालय बैठकले अन्यविभागको जिम्मेवारी टुंगो लागेको छ जसमा  प्रचार विभागमा नारायणकाजी श्रेष्ठ, विदेश विभागमा माधव नेपाल, संगठन विभागमा वामदेव गौतम, अर्थ विभागमा सुरेन्द्र पाण्डे, पर्यटन विभाग योगेश भट्टराई, नीति अध्ययन प्रतिष्ठान विभागको नेतृत्व झलनाथ खनाललाई दिइएको नेता श्रेष्ठले बैठकपछि जानकारी दिए ।

 

 

 

शुक्र, भदौ १, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस