नेकपा उपाध्यक्षमा बामदेव गौतम

साउन ३१ काठमाडौं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले बामदेव गौतमलाई उपाध्यक्ष बनाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको शुक्रवार बसेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्ष पद सृजना गरेर गौतमलाई जिम्मेवारी दिने प्रस्ताव राखेका हुन् ।

तत्कालीन एमाले र माओवादी मिलेर नेकपा गठन गर्दा दुई अध्यक्ष र महासचिव मात्र तोकिएको थियो । तर पार्टी एकताको डेढ वर्षपछि गौतमका लागि उपाध्यक्ष पद सृजना गरिएको छ ।
बैठकले ३३ वटा विभागको कार्यविभाजन गर्दै नेतृत्वको टुंगो पनि लगाएको छ । बैठकले स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेललाई दिएको छ भने प्रचार विभागमा नारायणकाजी श्रेष्ठ विदेश विभागमा माधव नेपाल संगठन विभागमा वामदेव गौतम अर्थ विभागमा सुरेन्द्र पाण्डे पर्यटन विभाग योगेश भट्टराई नीति अध्ययन प्रतिष्ठान विभागको नेतृत्व झलनाथ खनाललाई दिइएको नेता श्रेष्ठले बैठकपछि जानकारी दिए ।

त्यसैगरी प्रदेश सहइन्चार्जमा २–२ जना थप्ने निर्णय भएको छ ।

शुक्र, भदौ १, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस