डाक्टरविहीन हुँदै सुदूरपश्चिम

समायोजनसँगै सुदूरपश्चिम प्रदेशका अस्पताल डाक्टरविहिन हुन थालेका छन् ।नवौं, दशौं र एघारौं तहका अधिकांश डाक्टरले संघ रोजेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्राललयले उनीहरुलाई पदस्थपना गर्न थालेको छ । यहाँबाट ११ विशेषज्ञको पदस्थापना अन्य प्रदेशमा भएको छ । अन्यत्रबाट भने एक जना मात्रै पदस्थापना हुने सूची प्रकाशन भएको छ । सेती अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा हेमराज पाण्डेयले समायोजनको पत्र आएको १० दिन नाघेको बताए ।
सेतीमा २४ जनाको दरबन्दीमा तीन जना मात्रै बाँकी रहने भएका छन् । ११ औं तहका डाक्टर पाण्डेय १० औं तहका खगेन्द्र भट्ट र नवौं तहका जगदीश जोशी बाहेकका डाक्टरको सरुवा भइसकेको छ ।यो समाचार अन्नपूर्ण दैनिकमा शिवराज भट्ट र भगीरथ अवस्थीले लेखेका छन् ।

मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस