नेकपामा माधब नेपाललाई संकट !

पार्टी एकीकरण भएको १५ महिनापछि नेकपाभित्र झण्डै १४ महिनापछि महत्वपूर्ण संगठनहरुको नेतृत्वको जिम्मेवारी बाँडफाँड गरेसँगै माधव कुमार नेपालको ‘वरिष्ठ नेता’ को वरियता संकटमा परेको छ। वरियताको विषयमा पुनः उठेको छ।बैठकमा पूर्व प्रधानमन्त्री झलनाथ खनालले तत्कालीन नेकपा एमालेको नवौं महाधिवेशनबाट चुनिएको बरिष्ठ नेता भएको भन्दै आफूले त्यो अनुसार तेस्रो बरियता पाउनु पर्ने माग गरेका थिए। खनालले आफूमाथि अन्याय भएको भन्दै बरियता सच्याउने माग गरेका हुन्।

शुक्रबारको नेकपाको सचिवालय बैठकले पार्टीका ३३ वटा विभागमध्ये संगठन विभागको प्रमुखको जिम्मेवारी पूर्व एमालेका उपाध्यक्ष बामदेव गौतमलाई र स्कूल विभागको प्रमुखको जिम्मेवारी पूर्व एमालेका महासचिव ईश्वर पोखरेललाई दिने निर्णय गरेसँगै एकताका बेला आफ्नो ‘वरिष्ठ नेता’को वरियता खोसिएको भन्दै असन्तुष्ट नेता झलनाथ खनालले त्यो आफूलाई दिन औपचारिकरुपमा प्रस्ताव पेश गरेपछि नेता नेपालले एकताका बेला प्राप्त गरेको ‘वरिष्ठ नेता’को वरियता संकटमा परेको छ।बैठकमा खनालले पार्टी एकीकरण गर्न गठन गरिएको समन्वय समिति हुँदासम्म बरिष्ठता ठिकै रहेको भन्दै एकीकरणको घोषणा हुँदा किन परिवर्तन गरियो भनेर आपत्ति जनाउँदै आएका छन्। म माथि किन अन्याय गरेको हो भन्दै खनाल बोल्न थालेपछि सो विषयमा नेपालले आपत्ति जनाएका थिए ।

खनालको गुनासोप्रति अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले साहनुभूति देखाएका थिए। हो त्यतिबेला उहाँ (झलनाथ खनाल) माथि अन्याय भएकै हो। यस विषयमा अर्को बैठकबाट निर्णय लिनुपर्छ अध्यक्ष ओली बैठकमा भनेका थिए।हाल तेस्रो बरियतामा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल छन्। तत्कालीन एमालेमा निवर्तमान अध्यक्षलाई अध्यक्षपछिको दोस्रो बरियता दिने व्यवस्था थियो। नवौं महाधिवेशनमा नेपाल र ओलीबीच प्रतिस्पर्धा भएको थियो। खनालले एकीकरणपछि देखि नै बरिष्ठता खोसिएको विषयमा आपत्ति र असन्तुष्टि जनाउँदै आएका थिए।

मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस