चितवनमा प्रहरीको भ्यान माथि आक्रमण !

काठमाडौं । टेलिभिजन कार्यक्रम प्रस्तोता पत्रकार रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी चितवन प्रहरीको मोबाइल गस्तीको गाडी तोडफोड गरेपछि झडप भएको छ । प्रर्दशनकारीलाई तितरवितर पार्न प्रहरीले लाठी चार्ज गरेको छ । शनिबार बिहानबाटै जिल्ला प्रहरी कार्यालय अगाडि जम्मा भएर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले प्रहरीको भ्यानमा ढुङ्गा प्रहार गरका हुन् । प्रदर्शनकारीले हानेको ढुङगाले प्रहरीको भ्यानको अगाडिको शिसा फुटेको छ ।

सो क्रममा रबि लामिछानेको रिहाइको माग गर्दै तथा अनुसन्धान निस्पक्ष हुनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका लामिछाने समर्थकमाथि प्रहरीले १२ सेल अश्रुग्यास प्रहार गरेको छ।रबि लामिछाने निर्दोष रहेको र उनलाई फसाउन लागेको भन्दै हिजो देखि नै ठुलो संख्यामा समर्थकहरु आन्दोलन मा उत्रिएका हुन। आन्दोलनलाइ सहयोग गर्न र अनुसन्धानलाई निस्पक्ष बनाउन दवाव दिनका लागि भन्दै काठमाडौं लगाएत देशका विभिन्न स्थानबाट समर्थकहरु चितवन आएको समाचार प्राप्त भएको छ।

यति बेला जिल्ला प्रहरी कार्यालयको परिसरमा समर्थकको बाक्लो उपस्थिति रहेको छ भने सुरक्षा ब्यबस्था कडा पारिएको छ । साथै उनका समर्थकले जिल्ला प्रहरीले कार्यालयको अगाडी निर्दोस फसाउन पाईदैन दोषी छोड्न पाईदैन भन्दै नाराबाजी गरिरहेका छन ।

प्रहरी कार्यालयल आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गर्दै प्रहरीले प्रदर्शनकारीलाई हटाउने काम गरिरहेको छ पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा बिहीबार बेलुका पक्राउ परेका पत्रकार रवि लामिछानेसहित तीन जनालाई शुक्रबार जिल्ला अदालत चितवनमा पेस गरिएको थियो ।

 

 

 

मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस