हड्डी फुकेर राजसंस्था आउदैन -प्रधानमन्त्री

भदौ १ काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फर्काउँछौं भन्नु बेमौसमको बाजा बजाउनुजस्तै भएको बताएका छन् । आइतबार संसदलाई सम्बोधन गर्दै उनले चिहानमा गएर हड्डी फुकेर राजसंस्था फर्काउँछु भन्ने परिकल्पना गरेर उफि्रएको बताए । यो दाबीमा पत्यार नलागेर सरकार मौन बसेको भन्दै उनले भने पत्याएका दिन संविधान गणतन्त्रको रक्षाका लागि सरकार मैदानमा उत्रिन्छ ।

सम्बोधनमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे पनि जानकारी गराउने बताइएको छ । प्रधानमन्त्री ओली हालै सिंगापुरमा उपचार गराएर फर्किएका थिए ।युरोप घुमेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले गत असार ३ गते संसदमा सम्बोधनका लागि समय पाएका थिए । तर प्रमुख प्रतिपक्ष दल कांग्रेसले संसद् अवरोध गरेपछि प्रधानमन्त्रीको सम्बोधन स्थगित गरेर सभामुख कृष्णबहादुर महराले बैठक स्थगित गरेका थिए ।

विपक्षीको अवरोधका कारण संसदमा बोल्न नपाएका प्रधानमन्त्रीले लगत्तै पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरेका थिए ।

आइत, भदौ १, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस