पद जान्छ भनेर म डराएको छैन, आगामी निर्वाचनपछि मलाई बस्न मन छैन: प्रधानमन्त्री ओली

भदौ १ काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल सरकार परिवर्तन नहुने बताएका छन् । सरकारको उदारतालाई कमजोरीको रुपमा नलिन उनले चेतावनी पनि दिए ।आइतबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पद गुम्छ कि भनेर आफू नडराएको बताए ।

संसदमा सम्बोधन गर्दै उनले भने मैले भनेको सुनेँ प्रधानमन्त्री लगलग कामेर बसेको छ पद जाने भयो भनेर । मैले पद नगएको कहिँ देखेको छैन । कुनै न कुनै दिन जान्छ । आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन । सरकारको उदारतालाई हेरेर केही तत्व बढ्ता हौसिएको छ । संविधानसम्मत चल्ने यो सरकार प्रशन्नातापूर्वक विरोध र आलोचनाको स्वागत गर्छ । सरकारको आलोचनाका नाममा प्रणाली उल्टाउँछु प्रतिगमन गर्छु भन्ने मान्य हुँदैन उनले भने ।

प्रधानमन्त्री ओलीले संविधान लोकतन्त्र गणतन्त्र संघीयता र जनताको शासन विरोधी क्रियाकलापहरु नगर्न चेतावनी दिए । राजतन्त्र फर्काउँछौं भन्नु बेमौसमको बाजा बजाउनुजस्तै भएको बताउंदै उनले चिहानमा गएर हड्डी फुकेर राजसंस्था फर्काउँछु भन्ने परिकल्पना गरेर उफि्रएको बताए । यो दाबीमा पत्यार नलागेर सरकार मौन बसेको भन्दै उनले भने पत्याएका दिन संविधान गणतन्त्रको रक्षाका लागि सरकार मैदानमा उत्रिन्छ ।

आइत, भदौ १, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस