प्रधानमन्त्री ओली फेरी सिंगापुर जाँदै

भदौ १ काठमाडौं सिंगापुरमा ९ दिन उपचार गराएर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि यसै साता फेरि सिंगापुर जाने भएका छन् ।प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जनमानसबाट चिन्ता प्रकट भइरहेका बेला उनी स्वदेश फर्केको एक सातापछि नै दोस्रोपटक फलोअप का लागि सिंगापुर जान लागेका हुन् ।

उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्रीको सिंगापुर प्रस्थान भदाै ४ या ५ पाँच गते हुनेछ । अघिल्लो साता सिंगापुरमा चलाइएको नयाँ औषधिको इफेक्टबारे थप जाँचका लागि सिंगापुर जाने तयारि भैरहेको बताइएको छ। प्रधानमन्त्री ओली गत साउन १८ गते स्वास्थ्य जाँचका लागि सिंगापुर गएका थिए । साउन १९ देखि एक सातासम्म उनी अस्पतालमै रहेका थिए ।

आइत, भदौ १, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस