छवि शिल्पा प्रकरण: किन पुगिन शिल्पा सर्वोच्च अदालत ?

भदौ १ काठमाडौं चलचित्र निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको सम्बन्ध विच्छेदको विवाद सर्वोच्च अदालत पुगेको छ। पहिलो श्रीमती हेमा ओझाले बहुविवाहमा मु*द्दा दायर गरेपछि निर्माता ओझा र अभिनेत्री पोखरेललाई जिल्ला अदालतले प*क्राउ पूर्जी जारी गरेको थियो। तर अहिलेसम्म उनीहरु प*क्राउ पर्न सकेका छैनन्।

अभिनेत्री पोखरेलले आफूवि*रुद्ध जिल्ला अदालतले प*क्राउ पूर्जी जारी गरेसँगै सबैभन्दा पहिले उच्च अदालत पाटनमा निषेधाज्ञा मु*द्दा लिएर पुगेकी थिइन्। उनले उच्च अदालतमा आफूवि*रुद्ध जारी भएको प*क्राउ पूर्जी खारेज हुनुपर्ने भन्दै आग्रह गरेकी थिइन्। तर उच्च अदालतले पनि शिल्पाको सो निवेदनमा गत साउन २४ गते सुनुवाइ गर्दै जिल्ला अदालत काठमाडौंले दिएको प*क्राउ पूर्जीको आदेश रोक्न अस्वीकार ग–यो।

यसै अग्रहलाई लिएर अभिनेत्री पोखरेल सर्वोच्च अदालतको ढाका ढकढक्याउन पुगेकी हुन्। अभिनेत्री पोखरेलले दायर गरेकी रिटमा उच्च अदालतका न्यायाधीशद्वय सरलाकुमारी पाण्डे र रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। साथै उच्चले पनि जिल्ला अदालतको आदेशलाई सदर गरेपछि अभिनेत्री पोखरेल प*क्राउ पर्न सक्ने भन्दै सर्वोच्च अदालत पुगेकी हुन्।

आइत, भदौ १, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस