सर्वोच्च अदालतले भन्यो, शिल्पा पोख्रेललाई पक्राउ नगर्नु !

भदौ १ काठमाडौं सर्वोच्च अदालतले अभिनेत्री शिल्पा पोखरेललाई नपक्रन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले आइतबार यस्तो आदेश गरेको हो।

उच्च अदालत र जिल्ला अदालतको पक्राउ गरेर कारबाही अघि बढाउन गरेको आदेशको बिरुद्धमा शिल्पाले दायर गरेको रिटमा सर्वोच्चले अल्पकालीन आदेश जारी गरेको हो। शिल्पाले साउन २९ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्। साउन २४ गते भएको सुनुवाइपछि कलाकार शिल्पा पोखरेल र निर्माता छवि ओझालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले दिएको आदेशलाई उच्च अदालतले सदर गरेको थियो।

उच्च अदालतका न्यायाधीशद्वय रमेशप्रसाद राजभण्डारी रसरलाकुमारी पाण्डेको संयुक्त इजलासले नायिका पोखरेलले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै जिल्ला अदालतको आदेश सदर गर्दै उनीहरुलाई पक्राउ गर्न बाटो खोलिदिएको थियो।

आइत, भदौ १, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस