पुडासैनी प्रकरण: रबि समर्थक र प्रहरीबीच झ*डप, स्थिति तनाबग्रस्त

भदौ २ काठमाडौं रवि लामिछानेको समर्थकहरुले आज पनि भरतपुरमा प्रदर्शन गरिरहेका छन् । प्रर्दशनका क्रममा निषेधाज्ञा जारी गरेको क्षेत्रमा प्रर्दशनकारी प्रवेश गर्न खोजेपछि झ*डप भएको छ ।

केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दिनहुँ प्रर्दशन र नारावाजी हुन थालेपछि प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो । पत्रकार शालिकराम पुडासैनी प्रकरणबारे अनुसन्धान गर्न रवि लामिछानेसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि उनको पक्ष र विपक्षमा केही दिनदेखि यी क्षेत्रमा प्रदर्शन हुँदै आएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी दीपेन्द्र शाहले प्रर्दशन र नारावाजीले कामकाजमा बाधा परेकाले भरतपुरको चौबीसकोठीदेखि मालपोतचोकसम्मका क्षेत्रमा प्रर्दशनमा रोक लगाइएको जानकारी दिए । निषेधित क्षेत्रमा अस्पताल सरकारी कार्यालय अदालतजस्ता सम्वेदनशील निकायहरू छन् । चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले आजदेखि जिल्लाको सुरक्षा व्यवस्था थप कडा बनाइएको बताए ।

सोम, भदौ २, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस