कांग्रेस सभापति देउवा भन्छन: भाषणले मात्रै चुनाव जितिन्न।

भदौ २ काठमाडौं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भाषण्ले मात्रै चुनाव नजितिने बताएका छन्। सोमबार भैरहवामा केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गरेको एक कार्यक्रममा बोल्दै सभापति देउवाले चुनाव जित्न जनता भएको स्थानमा नै पुग्नुपर्ने बताएका हुन्।

चुनाव जित्नको लागि जनताको मन जित्न आवश्यक रहेको बताउँदै उनले भाषणलेमात्रै नहुने भन्दै चुनाव जित्न जनताकहाँ जानैपर्ने धारणा राखेका हुन्। सभापति देउवाले पार्टीमा समावेशी नभएकाले पनि त्यसअनुसार भोट नआएको दावी गर्दै हरेक समुदायले पार्टीमा जति प्रतिशत आरक्षण पाएका छन् त्यसअनुसार भोट ल्याउनुपर्ने बताए।

सोम, भदौ २, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस