रबि लामिछानेका समर्थकले गरेको प्रदर्शनप्रति नेकपाको आपत्ति, निकाल्यो यस्तो विज्ञप्ति

भदौ २ काठमाडौं नेपाल कम्युनिष्ट पार्टी नेकपाले रवि लामिछानेका समर्थकहरूले चितवनमा गरेको प्रर्दशनप्रति आपत्ति जनाएको छ। नेकपाको चितवन जिल्ला कमिटीले सोमबार विज्ञप्ति निकालेर घटनासँग आफ्नो पार्टीको नेतृत्वको नामै किटेर प्रर्दशन गरिएको भन्दै आपत्ति जनाएको हो।

सबै घटनालाई लिएर हाम्रो पार्टीको नेतृत्वविरूद्ध नामै किटेर गरिएको नाराबाजी तथा प्रतिक्रियावादीहरूलाई बढावा दिनेगरी भएको धमिलो पानीमा माछा मार्ने चलखेल नेकपा चितवनलाई स्वीकार्य छैन जिल्ला कमिटी अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेलले निकालेको संयुक्त विज्ञप्तिमा लेखिएको छ।

नेकपाले रवि लामिछानेको समर्थनमा भइरहेका प्रर्दशनमा सहभागी नहुन पनि आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएको छ। सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता लामिछाने थुनिएपछि उनका समर्थकले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड को योजनामा लामिछानेलाई फसाइएको भन्दै नाराबाजी गर्ने गरेका छन्।

सोम, भदौ २, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस