पुडासैनी प्रकरण : सुटुक्क सरकारी वकिल कार्यालय लगेर लिइयो रवि लामिछानेसहित तीनै जनाको बयान

भदौ २ काठमाडौं पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई सहित तीन जनाको आज पनि बयान लिइएको छ । लामिछाने सहित तीनै जनालाई सुटुक्क सरकारी वकिलको कार्यालय लगेर आज बयान लिइएको हो ।

अदालतले थपेको पाँच दिनको आज अन्तिम दिन भएकाले तीनै जनाको बयान लिइएको हो । अब आजको बयान र अहिलेसम्मको अनुसन्धानबाट प्राप्त तथ्य पर्याप्त भएको लागेमा सरकारी वकिल कार्यालयमार्फत भोलि तीनैजनाविरुद्ध मुद्दा दर्ता गरिनेछ । यदि अनुसन्धान पूरा नभइसकेको र थप अनुसन्धान गर्नुपर्ने भएमा भोलि अदालत पेश गरेपछि प्रहरीले म्याद थप्न आग्रह गर्नेछ ।

अदालतले म्याद थप्नुपर्ने देखिएमा म्याद थप्नेछ अन्यथा धरौटी वा साधारण तारिखमा रिहा गर्न सक्नेछ ।

सोम, भदौ २, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस