किन बोलाए एक्कासी प्रधानमन्त्रीले सर्वदलीय बैठक

सुनौलो नेपाल – संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा बोलाएका छन् ।

साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीलाई बैठकमा बोलाइएको छ ।

लामो समयदेखि अड्किएको संक्रमणकालीन न्यायसम्बन्धी विषयको टुंगो लगाउन सर्वदलीय बैठक बोलाइएको हो । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिनसम्बन्धी आयोगमा पदाधिकारी नियुक्त नगरिँदा अन्तर्राष्ट्रिय समुदायले नेपालमाथि दबाब बढाइरहेको सन्दर्भमा सर्वदलीय बैठकले त्यससम्वन्धि निर्णय गर्न सक्ने बताइएको छ ।

दुईमध्ये सत्यनिरूपणका प्रमुख नेकपा र बेपत्ता खोजबिनमा कांग्रेसनिकट व्यक्तिलाई नियुक्त गर्नेबारे दुई दलका नेताबीच छलफल भइरहेको छ। सत्यनिरूपणको प्रमुखमा गोविन्द बन्दी र बेपत्तामा सूर्य ढुंगेलको नाम चर्चामा रहेको बताइएको छ । साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्रीले समसामयिक राजनीतिक विषयमा छलफल पनि हुने बताइएको छ ।

प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गरेका थिए ।

मङ्ल, भदौ ३, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस