विदेशमा बेचिएका र अलपत्र परेका चेलीहरु रबि दाई मलाई बचाउनुस भन्दै रुन्छन, प्रधानमन्त्री र राष्ट्रपति भन्दैनन

सुनौलो नेपाल – पत्रकार शालिकराम पुडासैनि प्रकरण यतिबेला निकै तातिरहेको छ रबि लामिछानेको पक्ष र बिपक्षमा यतिबेला मतहरु आएका छन्।

खास गरी देश बाहिर बस्ने र नेपालमा पनि बिकास निर्माणमा सुधार होस् भ्रष्टाचार कम होस् र जनतालाई समान न्याय होस् भन्ने जमात रबि लामिछानेको समर्थनमा खुलेरै लागेका छन्।

बिदेशमा अलपत्रममा परेका र केहि दलाल द्वारा फ़साइएका चेलीहरुको उद्दार गरेर निकै प्रशंसा कमाएका रबिलाई समर्थक नि त्यसरी नै बुझेका छन्।

यसै बिषयमा सुनौलो नेपालका लागी महिला अधिकारकर्मी सर्जु शर्माले बिदेशमा कसैले पनि दुख पर्दा प्रधानमन्त्री मलाई बचाउनुस राष्ट्रपति ज्यु मलाई उद्दार गर्नु भनेर रुने गरेको नभई रबि दाई मलाई बचाउनुस मलाई उद्दार गर्नुस भने धेरै चेली रोएको समेत बताईन।

हेर्नुहोस उनीसंग गरीएको कुराकानी

यसै बिषयमानियन्त्रणमा लिइएका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई पुनः आज अदालत पेश गरिएको छ ।

अनुसन्धान गर्न थपिएको ५ दिनको म्याद सकिएपछि उनीहरुलाई मंगलबार पुनः जिल्ला अदालत चितवनमा पेश गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवन स्रोतका अनुसार उनीहरुमाथि थप अनुसन्धान गर्नका लागि पुनः म्याद थप गर्न अदालत पेश गरिएको हो ।

मङ्ल, भदौ ३, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस