सिंहदरबार भित्रै नायब सुब्बा मृत अवस्थामा भेटिए

सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगमा कार्यरत नायब सुब्बा बच्चु केसी मृ त भेटिएका छन्। कार्यालयको कोठामा मंगलबार बिहान उनी मृ त भेटिएका हुन्।

उनले विष सेवन गरी आत्मह त्या गरेको शंका गरिएको छ। घटनास्थल पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारकाे टाेलीले श वको मुचुल्का उठाइरहेको छ। वृत्तका डिएसपी काैशल बुढाथाेकीकाे नेतृत्वमा रहेकाे टाेली घटनास्थलमा छ।

नासु केसी गएराति कार्यालयमै बसेको र उनले राति विष सेवन गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। योजना आयोगका एक कर्मचारीका अनुसार मंगलबार कार्यालय खुलेसँगै उनको मृ त्युको विषय खुलेको हो।

१० बजेपछि कार्यालय पुगेका सहकर्मीले नासु केसीलाई मृत अवस्थामा देखेका थिए। त्यसपछि प्रहरीलाई खबर गर्ने काम भएको हो। प्रहरीले सीसीटीभी फुटेज हेरेर घटना अनुसन्धान गरिरहेको जनाएको छ।

मङ्ल, भदौ ३, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस