रबि लामिछाने प्रकरण संसद प्रवेश कसले के भने हेर्नुहोस भिडियो सहित

३ भदौ, काठमाडौं । लोकप्रिय टेलिभिजन प्रस्तोता रवि लामिछाने पक्राउको विषय संसदमा प्रवेश गरेको छ ।

मंगलबारको संसद बैठकमा पत्रकार शालिकाराम पुडासैनी आत्महत्याको विषयमा अनुसन्धानका लागि लामिछाने पक्राउ परेपछि चितवनका सडकमा भइरहेका गतिविधिले अनुसन्धान प्रभावित पार्न सक्ने भन्दै सांसदहरुले त्यसतर्फ सचेत हुन् सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसदहरु नारायण प्रसाद खतिवडा र शान्ता चौधरीले अनुसन्धान प्रक्रिया चलिरहेका बेला त्यसलाई प्रभावित पार्न खोज्ने गतिविधि भइरहेको बताइन् । ‘को दोषी को निर्दोष भन्ने सवाल चलिरहेको बेला अनुसन्धान प्रभावित बनाउन खोज्ने प्रवृत्ति सही मान्न सकिदैन’ ‘यस्तो बेलामा सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ ।’

हेर्नुहोस संसदमा के के भने खतिवडा र चौधरीले

मङ्ल, भदौ ३, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस