किन आउदैंछिन सन्नी लियोन नेपाल ? यस्तो छ कारण !

भदौ ४ काठमाडौं बलिउड अभिनेत्री सनी लियोनी नेपाल आउने भएकी छन्। अभिनेत्री सनी लियोनीले आइटम डान्स गरेकी फिल्म पासवर्ड फिल्मको प्रिमियरका लागि नेपाल आउन लागेकी हुन्। पासवर्ड फिल्मको निर्माण पक्षले आगामी ११ सेप्टेम्बरका दिन काठमाडौंमा ग्राण्ड प्रिमियरको आयोजना गर्दैछ।

अभिनेत्री सनीले भिडियो सन्देश बनाउँदै आफू नेपाल आउँदै गरेको जानकारी गराएकी हुन्। भिडियो सन्देशमा अभिनेत्री सनीले फिल्मको प्रोमोशनल इभेन्ट एण्ड प्रिमियरका लागि नेपाल आउन लागेकी जानकारी गराएकी छन्।साथै सनीले फिल्म पासवर्डको सफलता शुभकामना समेत दिएकी छन्।

बुध, भदौ ४, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस