logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

    मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

    51.7K
    Shares
    मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

    जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोज कुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले आज यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

    त्यसअघि यादवले ६३ सांसदको समर्थन सहित प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । निवर्तमान सभामुखसमेत रहेका यादव बारा क्षेत्र नं. १ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

    यादवलाई आफ्नो दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक–एक तथा स्वतन्त्र प्रदेश सभा सदस्यहरूसहित ६३ प्रदेश सांसदको समर्थन छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend