काठमाडौँ बालाजु औद्योगिक क्षेत्रमा आगलागी

काठमाडौँ काठमाडौँको बालाजुमा रहेको औद्योगिक क्षेत्रमा आगलागी भएको छ। बालाजु औद्योगिक क्षेत्रमा रहेको फोर्स मोटर ग्यारेजमा बिहीबार मध्याहन्न ११:४०सुरु भएको आगो १२:२५ मा नियन्त्रणमा आएको महानगरिय प्रहरी बृत बालाजुका डीएसपी बाल नर्सिङ्ग राणा ले सुनौलो नेपाललाई जानकारी दिनु भयो।

बालाजु औद्योगिक क्षेत्रभित्र रहेको अस्थाई भवनमा एपीएफको मर्मतमा लिएको एम्बुलेन्सबाट आगलागी सुरु भएको थियो। आगलागीबाट तल्लो तलाका अधिकांश सामान जलेर नष्ट भएका छन्।

बिहि, भदौ ५, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस