जनबादी युवा क्लबको तिजी मेला तयारी अन्तिम चरणमा !

हरितालिका तिजको पारेर जनबादी युवा क्लब बाग्लुङ्ग बरेङ्ग १ धुल्लुबाँस्कोट लिउवाले लागेको वार्षिकोत्सबको तयारी अन्तिम चरणमा पुगेको छ ।
मिति २०७६/५/९ गतेबाट सुरु हुने तिजी मेला तथा जनबादी युवा मञ्च लिउवाको वार्षिकोत्सबको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक तथा लेखा ब्यवस्थापक रामेश्वर आचार्यले बताउनुभयो ।

भदौ १६ सम्म संचालन हुने कार्यक्रमको लागि आर्थिक अभियानमा रहेको उहाँले बताउनुभयो । मेलाका आकर्षण हरुमा साविक बडा स्तरिय पुरुष भलिवल प्रतियोगिता भुपु भलिबल प्रतियोगिता तिज गित तथा नित्य प्रतियोगिता साथै विभिन्न प्रकारका मनोरञ्जनात्मक तथा सिर्जनशिल कार्यक्रम संचालन हुने बताईएको छ ।

कार्यक्रमको सह- प्रायोजक हरुमा सिर्जनशिल आमा समूह र बजार ब्यवस्थापन समिती लिउँवा रहेको क्लबका सचिब तारा प्रसाद पौडेलले वताउनुभयो । कार्यक्रममा प्रमुख अतिथीको भुमिकामा जिल्ला समन्वय समितीका संयोजक राजेन्द्र ढुङ्गाना , बरेङ गा० पा का अध्यक्ष कृष्ण प्रसाद पौडेल र वडा न: १ का वडा अध्यक्ष नरसेह पुनको आतिथ्यता रहने छ ।

बिहि, भदौ ५, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस