सिंगापुर उड्नुअघि बालुवाटारमा प्रधानमन्त्री र माधब नेपालबीच तँ तँ र म म

भदौ ५ काठमाडौं पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफूले गरेको स्वास्थ्यलाभको कामना प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अश्वीकार गरेको बताएका छन्।

आफूले स्वास्थ्यलाभको कामना गर्दै शुभकामना दिँदा प्रधानमन्त्रीले तपाईँको शुभकामना चाहिँदैन भनेर जवाफ फर्काएको उनले बताए। त्यसपछि बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकमा दुई नेताबीच भनाभन भएको थियो। आफू नभएको बेला बैठक बोलाउने अधिकार अर्का अध्यक्ष प्रचण्डलाई दिएका ओलीले निर्णयहरु भने सहमतिमा गर्नुस् भनेपछि नेता नेपालले प्रतिवाद गरेका थिए। विवादका क्रममा ओलीले नेता नेपाललाई तपाईँको इच्छा के हो भन्ने पनि मलाई थाहा छ तपाईँले शुभकामना नदिँदैमा केही हुन्न भनेका थिए।

यो विवादलाई लिएर प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्ने प्रस्ताव गर्दा आफूले विरोध गरेको भनेर प्रचार गरेको भन्दै वरिष्ठ नेता नेपालले असन्तुष्टि जनाएका छन्। आफूले अहिलेसम्म प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाारे नकारात्मक टिप्पणी नगरेको भन्दै उनले बैठकमै आफूले कहिँ गरेको भए प्रमाण ल्याउन चुनौती दिएको समेत प्रष्ट पारे। प्रधानमन्त्री ओली आज फलोअपका लागि पुन सिंगापुर गएका छन्। उनले पार्टी एकताका अन्य काम गर्नका लागि प्रचण्डलाई जिम्मा दिएर गएका हुन्।

बिहि, भदौ ५, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस