प्रोटोकल नमिल्ने भन्दै प्रचण्ड र माधव नेपालले गरे जयशंकरसंगको भेट अस्विकार

भदौ ५ काठमाडौं सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री माधब कुमार नेपाल नेपाललाई जयशंकरका तर्फबाट होटलमा भेट्न निमन्त्रण आए पनि उनीहरु गएनन्। होटलमा गएर भेट्नु कूटनीतिक मर्यादाविपरीत हुने भन्दै भेट अस्वीकार गरेको बताइएको छ।

नेपालको २ दिने भ्रमणमा आएका भारतीय विदेशमन्त्री जयशंकरले भेट्नको लागि होटलमा आउँन निम्ता पठाएका थिए । स्रोतका अनुसार जयशंकर बसेको होटेल द्वारिकाजमा प्रचण्डलाई भेटको निम्तो आएको थियो तर प्रचण्डले पार्टीको काम देखाएर भेट्न अस्वीकार गरे । त्यस्तै नेता नेपालले पनि त्यही आधारमा जयशंकरलाई भेट्न अस्वीकार गरेको बुझिएको छ ।

जयशंकरले बुधवार नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार पुगेर भेटिसकेका छन् । दुवैबीच करीब १ घण्टा गोप्य वार्ता पनि भएको थियो । २०७२ सालको चैतमा पनि प्रचण्डले जयशंकरलाई भेट्न अस्वीकार गरेका थिए । त्यतिबेला जयशंकर भारतका विदेश सचिवका रूपमा नेपाल आएका थिए । नेपालमा नाकाबन्दी गर्ने कुरामा जयशंकरको मुख्य भुमिका रहेको धेरैको बुझाई रहेको छ ।

बिहि, भदौ ५, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस