भोली सार्वजनिक विदा !

भदौ ५ काठमाडौं कृष्ण जन्माष्टमीका दिन प्रदेश २ सरकारले सार्वजनिक विदा दिने भएको छ। मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले क्यालेण्डरमै कृष्ण जन्माष्टमीको विदा उल्लेख गरिसकेकाले सो दिन विदा दिने बताएका हुन्।

यस पटकको कृष्ण जन्माष्टमी भदौ ६ गते शुक्रबार भोली परेको छ । यो दिन प्रदेश २ मा विदा रहने प्रदेश २ सरकारले जनाएको छ । श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालले कृष्ण जन्माष्टमीको दिन सार्वजनिक विदाको माग गर्दै मुख्यमन्त्रीलाई बुधबार ज्ञापन पत्र बुझाएपछि मुख्यमन्त्री राउतले यसअघि नै प्रदेश सरकारले क्यालेण्डरमा यो पर्वको विदा उल्लेख गरिसकेको जानकारी दिए ।

बिहि, भदौ ५, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस