यो देशको कानुन पार्टी कार्यालयमा राखिएको छ: नायक निखिल उप्रेती (भिडियो सहित)

भदौ ७ काठमाडौं- पत्रकार सालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछाने युवराज कंडेल लगाएतकाको  न्यायीक छानवीनको माग गर्दै कलाकारहरुद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नायक निखिल उप्रेतीले यो देशको कानुन पार्टी कार्यालयमा रहेको र नेपाली झन्डा मुनी बसेर सत्य बोल्ने अवस्था नभएको बताएका छन्।

एक्शन हिरो का रुपमा स्थापित् नायक उप्रेतीले विशुद्ध नेपाली झण्डामुनि बसेर सत्य बोल्ने मान्छेले नेपालमा दुःख पाउने भन्दै पछिल्लो समय मानवता खत्तम भएको र सत्य भन्ने चीज हराएको सुनाए । उप्रेतीले भने हामी सत्यको पक्षमा लडौं । देश र जनताप्रति राजनीतिक गर्ने व्यक्तिहरु ईमानदार हुनु पर्छ  शक्तिकेन्द्रित भएपछि मान्छे नशामा केन्द्रित हुने उनले प्रष्ट्याए ।उनले प्रश्न गर्दै भने कानूनको व्याख्या नै गलत छन् भने कानूनले कसरी काम गर्छ ? नेपाली झण्डाको मुनि बसेर काम गरौं । रविजीलाई मात्रै होईन यहाँ स्वतन्त्र रुपमा सत्यको पक्षमा लड्नेमाथि यो अवस्था सिर्जना गरिन्छ ।

क्राईम गरेको व्यक्तिलाई डर हुन्छ । हामीले लड्नुपर्ने यसको विरोधमा हो । हामी रविजीको पक्षमा एकजुट हौं । धेरै विश्लेषण नगरौं ।उनले भने। उनले नेपालमा सही व्यक्ति र पार्टीको रंग नलागेको व्यक्तिलाई अप्ठ्यारो अवस्था रहेको सुनाए । रविजीको हकमा कानूनले सही तरिकाले निर्णय होस् उनले भने सत्यतथ्य कुरा जनताकहाँ पुगोस् । हामीले रविजीलाई साथ दिनुपर्छ । टेलिभिजन प्रस्तोता रबि लामिछानेको समर्थनमा रिपोर्टस क्लवमा कलाकारहरु निर शाह रामकृष्ण ढकाल दिपकराज गिरी दिपाश्री निरौला शम्भुजित बाँस्कोटा निखिल उप्रेती रमेश उप्रेती लगाएत उपस्थित भएका थिए।

शनि, भदौ ७, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस