पुडासैनी आफैले छोडेका छन् रबि निर्दोष हुनुको प्रमाण

पुष्पा न्यौपाने – शालिकराम प्रकरण दिनदिनै रहस्यमय एबम शकास्पद बन्दै गैरहेका बेला झन् नयाँ एबम भित्रि कुरा बाहिरिदै गैरहेको छन्।
हुनत चितवन प्रहरी ले पुडासैनीले रेकर्ड गरेको भिडियो कै आधारमा अस्मीता कार्की रबि लामिछाने र युवराज कंडेललाई थप अनुसन्धानका लागि हिरासतमा लिएको थियो। सालिकरामले बनाएको सो भिडियोमा उनकी प्रेमिका भनिएकि अस्मीता कार्कीको चरित्र ह*त्या हुने किसिमका कुरा गरिएको छ।

टेलिभिजन प्रस्तोता रबि लामिछानेको रिहाइको निम्ति आवाजहरु उठिरहदा अस्मीताका लागि भने कताकति नकारात्मक टिप्पणी भैरहेकै बेला शनिबार कान्तिपुर दैनिकमा एक खोजमुलक लेख छापिनुले अस्मीता आफै मानसिक दबाबमा भएको पुस्टि पनि गर्छ । कान्तिपुरको सो लेखलाई आधार बनाउने हो भने रविको दोष त परको कुरा उनले अस्मितालाई चिनेका पनि छैनन् भन्ने बुजिन्छ। यति मात्र होइन पुडासैनीले पटक पटक रविको नामको आडमा अस्मीतासंग सम्बन्ध अघि बढौंन खोजेको उनका अस्मीता संगको एएमएसले संकेत गर्छ। कान्तिपुरले यति छापिरहदा हामी यो पनि बुज्न सक्छौ कि सायद आफ्नो रवाफ अस्मीता समू कायम राख्न पुडासैनीले कभर फोटोमा रबिको फोटो राखेका हुन् कि भन्ने पनि आसंका गर्न सकिन्छ।

समाचार स्रोतका पुडासैनीले अस्मिताले काम गर्ने अस्पताल मा प्राय सबै स्टाफलाई अस्मीता आफ्नो श्रीमती भनेर परिचय गराएको त्यहाका स्टाफले खुलाएका छन्। उनले अस्मितासंग पनि आफु बिबाहित रहेको कुरा लुकाएको र पछि अस्मिताले थाहा पाएर सम्बन्ध रोक्न खोज्दा उनीमाथि पुडासैनी ले विभिन्न डर त्रास देखाएर सम्बन्ध कायम राखेको अस्मिताको पनि दाबी छ र उनीहरु बिचको एसएमएस ले पनि यहि चित्रित गरेको छ। नत्र किन एउटा बिबाहित पुरुषको फेसबुकमा श्रीमतीको एउटा पनि तस्बिर छैन त ?

केहि महिना अधि भेटेको रबि लामिछाने लाई गुरु मानेर कभर प्रोफाइल मा राख्न सक्निले जिन्दगी भर साथ दिने कसम खाएकि श्रीमतीको एउटा फोटो पनि राख्न नसक्नुले उनिलाई राम्रो नियत भएको मान्छे चाही पक्कै साबित गर्दैन। एउटाको ज्यान गएको छ पक्कै दुखको कुरा हो तर ज्यान फालेरै अथवा भिडियोमा अरुलाई गिरौदैमा कोहि राम्रो साबित पक्कै हुदैन। त्यसो त सत्य के हो चाडै बाहिर आउला तर बिचबिचमा बिहिरी रहेका यस्ता प्रमाणले केवल रबिलाई मात्र होइन अस्मितालाई पनि निर्दोष भएको संकेत दिरहेको छ।

सोम, भदौ ९, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस