बाल गायक प्रिन्स सिलवालको बाबाको माया बोलको गीत सार्वजनिक (भिडियो सहित)

बाल गायक प्रिन्स सिलवालको बाबा नामक एकल गीत सार्वजनिक भएको छ ।शनिवार एक समारोहका बिच कवि, गीतकार एंव पूर्व अर्थमन्त्री शंकरप्रसाद (एसपी) कोईरालाले १२ बर्षिय बालक प्रिन्स सिलवालको स्वरमा रहेको उक्त गीतलाई युट्युब मार्फत सार्वजनिक गर्नु भएको हो ।

भवनी अधिकारीले सृजना गर्नु भएको गीतमा सन्तासन सानै भएता पनि बुबाको संघर्षप्रति कति ख्याल राखेको हुन्छ भन्ने बिषय समाबेश छ । साथै परिवारमा परेको बज्रपात र बाल मस्तिष्कमा पर्ने प्रभावलाई उठाएर तयार गरिएको गीतमा प्रिन्स सिलवालको स्वर छ भने प्रेम घिमीरेले संगीत भरेका छन ।
कार्यक्रममा गीतकार कोईरालाले बाबा नामक गीत मार्फत गायक प्रिन्सको बाल प्रतिभाको प्रष्फुठन मात्र नभएर बाबा प्रति सन्तानको सम्मान पनि उजागर भएको बताउनु भयो । बरिष्ठ अभिनेता सरोज खनालले कलाकारितामा अब पुस्ता हस्तान्तरणको सहि संस्कार बसेको स्मरण गराउदै प्रतिभावान नवकलाकारहरुको उपस्थिती संगित उद्योगकं गर्वको बिषय भएको बताउनु भयो। कार्यक्रममा डाक्टर हरी सिलवाल, शिक्षाकर्मी मुना सिलवाल बरिष्ठ पर्यटन व्यावसायि केशव पाण्डे लगायतले सन्तानको प्रतिभा अभिभावको प्रेरणा बिना सार्वजनिक हुन नसक्ने भन्दै यस्ता कार्यमा प्रोत्साहन गर्नु पर्नेमा जोड दिए । अध्ययनका अलवा यस्ता गतिबिधिमा बालबालिकाको संलग्नताले बाल मतिष्कमा थप सकरात्मक प्रभाव पर्ने भन्दै कार्यक्रमका बक्ताहरुले सन्तानको प्रतिभा मर्न नदिन आम अभिभावकहरुमा अपिल गरे ।

चितवन स्थायि घर भएका गायक सिलवालको यो तेस्रो गिती संग्रह हो । बरिष्ठ अभिनेता सरोज खनाल र गायक प्रिन्सको अभिनय रहेको यस गीतको भिडियो भने राजेन्द्र पाण्डेले निर्देशन गरेका हुन । उक्त गितको निर्माता प्रतिभा पाण्डे सिलवाल हुनुहन्छ । गायक सिलवाले यसअघि दशै मनाउने हो, न मानामा नापिन्छ मायाँ लगायतका गीत सार्वजनिक गरेका छन। गीतका अवला उनले थुप्रै नाटकमा समेत अभिनय गरिसकेका छन्।

हेर्नुहोस भिडियो साहित

सोम, भदौ ९, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस