निर्दोष फस्न सक्ने कानुन !

भदौ ९ काठमाडौं शालिकराम प्रकरणले देशको एउटा गम्भीर कानुनमाथी सबैको ध्यान आकर्षण गराएको छ। देशका होनहार व्यक्ति यो प्रकरणमा नमुछीएका भए सायद यो कानून प्रति कमैको ध्यान र चासो हुनेथियो होला। तर अब भने विभिन्न व्यक्तिहरु बाट दफा १८५ संसोधन हुनुपर्ने माग उठिरहेको छ। मुलुकी ऐनको मुलुकी अपराध संघीयताको दफा १८५ अनुसार कसैले कसैलाई आ त्मह त्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गर्न वा गराउनु हुदैन। उपदफा १ बमोजिम कसुर गर्ने व्यक्तिलाई पाच वर्ष सम्म कैद र पचास हजार रुपैया जरिवाना हुने उल्लेख गरिएको छ।

राणाकालिन कानून संसोधन भई यहि मुलुकी ऐन २०७५ सालबाट लागु भए यता १३२ ओटा मुद्दा दर्ता भैसकेका छन। सर्वप्रथम त कुनै व्यक्तिले आ त्मह त्या गर्नुमा सबै भन्दा ठुलो दोषी ऊ आफै हुन्छ। आ त्मह त्या गर्नु भनेको अब बाकी जिन्दगी बिताउन नचाहनु वा बिगत र बर्तमान परिस्थिलाई सामना गर्न नसक्नु या नचाहनु नै हो। आ त्मह त्या गर्नु व्यक्तिको आफ्नो एकलौटी निर्णय हो। तर कतिपए अवस्थामा व्यक्तिलाई अनेक मानसिक र शारीरिक या तना दिएर म र्न बाध्य परेको पनि हुनसक्छ।

त्यस्तो अवस्थामा त यो ऐन केहि हद सम्म लागु गर्नसकिन्छ तर मृतक ले सुसा इड नोटमा आरोप लगएको व्यक्ति निर्दोष हुने फिफ्टी फिफ्टी सम्भावना हुन्छ। के थाहा आरोपित लाई मृ तक को मानसिकताको बारेमा केहि थाहानहुन पनि सक्छ। मृतक आरोपितको प्रगति सफलता देखि जलेर. आफ्नो जिन्दगी अरुसंग दाजेर विरक्तिएर आ त्मह त्या गरेर अर्को माथि दोष थुपारेको पनि हुनसक्छ या भनौ आफु मरेसी सबैको नजरमा राम्रो भईन्छ भनेर अरुलाई नीचा देखाउन र फसाउन पनि आत्महत्या गर्ने सम्भावना यो ऐनले बढाउन सक्छ।

हामी मानिस सबैको चित्त बुजौंदै हिन्न सक्दैनौ। नचाहेर पनि कत्तिको चित्त दुखाईरहेका हुन्छौ। अब यी यस्तै कुरा ले यदि कसले कहा आ त्मह त्या गरिहाल्यो र आरोप लगाएर छोड्यो भने त को कहाँ फस्ने हो ठेगानै भएन। यदि छानबिन मा थोरै चुक्यो भने त ५ वर्ष सजाय जसरि नि गररेको अप राधको सजाय भोग्नै पर्ने हुन्छ। पक्कै यदि कोहि मानिस ले कसैको कारणले आ त्मह त्या गर्न बिवस हुन्छ भने दोषी ले सजाय पाउनु पर्छ तर यो कानून अनुसार त निर्दोष व्यक्ति बढी फस्ने सम्भावना देखिन्छ। तसर्थ यो कानुनको बेलैमा संसोधन भएन भने कैयौ निर्दोष ले सजाय पाउने पक्का छ।

सोम, भदौ ९, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस