रबि लामिछाने जनतामाझ झन् हिरो भएर निस्किए – डा सुरेन्द्र केसी

सुनौलो नेपाल –  डा सुरेन्द्र के सीले  जनताका बिषयमा रबि लामिछानेले  जुन  मुद्दा  उठाएर जनताको भलाई हुने काम  गरे  त्यसले  उनको क्रेज  यति  धेरै बढेको  बताएका छन्।

यो राज्य  प्रसासनिक निकायहरु प्रति  अबिश्वास बढ्दै आम जनताले उनलाई बिश्वास गर्न र रुचाउन थालेका छन्।   यस्तो बेला जनता राजनीतिक दलको पक्षमा  नहुनाले राजनीतिक दलमा रिस या डाहाको भावना उब्जिएको  उनले बताए।

सुनौलो नेपालसंग कुरा गर्दै डा.केसी भने सालिकराम प्रकरणको वास्तविकता  पत्ता नलगाई जुन दुरुत्साहनको मुद्दा उनीमाथी लगाइयो   त्यसले गर्दा पनि जनता रविको समर्थनमा उत्रिन बाध्य भएको बुझ्न सकिन्छ।

तत्कालिन अवस्थामा त्यसरी रातारात हिरासतमा लिनुपर्ने केहि आवस्यकता नै  थिएन।  प्रहरी देखि प्रेस काउन्सिलका प्रमुखको निकै सुक्ष्म क्रियाकलापले  ब्यतिगत  कुण्ठा  पोख्ने मोहोर यो केसलाई बनाएको छर्लंग हुन्छ।

जेल गएका सबैले देशको भलाई गर्छन भन्ने छैन जेल त प्रधानमत्री पनि गएका थिए खै केहि  गरे त ? उनले

हेर्नुहोस सुनौलो नेपलाका लागी डा केसीसंग हामीले गरेको कुराकानी 

मङ्ल, भदौ १०, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस