जनबादी खेलकुद मञ्चको ऐतिहाँसिक दोस्रो बार्षिकोत्सव सुरु

भदौ १० बाग्लुङ्ग जनबादी खेलकुद मञ्चको ऐतिहाँसिक दोस्रो बार्षिकोत्सव कार्यक्रम बरेङ गापा का अध्यक्ष कृष्ण प्रसाद पौडेल द्वारा रिवन काटी बरेङ गापा का स्वास्थ्य संयोजक पदम बहादुर पुन द्वारा दिप प्रज्वलन संगै धुल्लु लिउँवा मावि का प्रअ फटिक बहादुर थापा द्वारा भलिङ गरि विधिवत रुपमा उद्घाटन भएको छ। उद्घाटन समारोह क्लवका अध्यक्ष शन्तोष पोख्रेलको अध्यक्षता कमल पौडेलको संचालनमा सुरु भएको थियो।

उक्त कार्यक्रमका प्रमुख अतिथी बरेङ गापा का अध्यक्ष कृष्ण प्रसाद पौडेल पदम बहादुर पुन र फटिक बहादुर थापाले मन्तव्य राख्नुभएको थियो। त्यसै क्रममा युवा देशको मार्ग दर्शक समाज परिवर्तनको संवाहक भएकोले खेलकुद बाटै यि सबै सम्भव भएको पौडेलले बताउनुभयो। अर्का बक्ता पदम बहादुर पुनले स्वास्थ्यको लागि खेलकुद आवश्यक भएकोले स्वस्थ रहन खेल खेल्नैपर्ने कुरा दर्शाउनुभयो।

त्यससंगै फटिक बहादुर पुनले शिक्षाको स्तर माथी उठाउन र खेलकुदकै माध्यमबाट अनुसासित बन्न सम्पुर्ण खेलाडीलाई आग्रह गर्नुभयो। उहाँले अहिलेको युवा ला गुप दार्थ दु र्व्य सनि जाँड रक्सि चुरोट मा फसेकोले यसका विरुद्द अभियानमा लाग्न सुझाव दिनुभयो। जनबादी युवा मञ्चको आयोजनामा हुने कार्यक्रम भदौ १६ गतेसम्म संचालन हुने जनबादी युवा मन्ञका सचिब तारा प्रसाद पौडेलले बताउनुभयो। उहाँले बताएअनुसार साविक वडा स्तरिय पुरुष भलिवल प्रतियोगीता भुपु भलिवल प्रतियोगीता तिज गीत नित्य प्रतियोगिता हुनेछ। तिज गित नित्य भदौ १६ गते हुने र मुल समारोह संगै कार्यक्रम समापन हुने बताइएको छ।

मङ्ल, भदौ १०, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस