नेपाली सेनासंग संयुक्त सैन्य अभ्यास गर्न चिनीयाँ सेना नेपालमा

नेपाल–चीनबीच दोस्रो संयुक्त सैन्य तालिम बुधबारदेखि काठमाडौँमा सुरु भएको छ ।

यसलाई ‘सगरमाथा संयुक्त सैन्य तालिम’ को नाम दिइएको छ । तालिममा सहभागी हुन चिनियाँ जनमुक्ति सेनाका महासेनानीको नेतृत्वमा २२ सैनिक काठमाडौँ आएका छन् ।

महाराजगञ्जस्थित विशेष बाहिनी लक्ष्य निवासमा सुरु भएको तालिममा नेपाली सेनाका तर्फबाट पनि महासेनानीको नेतृत्वमा विशेष फोर्सका २२ जना सैनिक सहभागी छन् ।

सैनिक प्रवक्ताका सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार नगरकोट र महाराजगन्जमा गरी यो तालिम २ सातासम्म सञ्चालन हुनेछ । तालिममा प्राकृतिक विपद् व्यवस्थापन र प्रतिआतंकवादसम्बन्धी अभ्यास हुने जनाइएको छ । यो समाचार नागरिक दैनिकमा वसन्त खड्काले लेखेका छन् ।

तालिम पर्यवेक्षणका लागि २० गते अर्को चिनियाँ टोली काठमाडौं आउने सेनाले जनाएको छ। संयुक्त सैन्य तालिमको पूर्वतयारीका लागि नेपाली सेनाका महासेनानीको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डल केही समयअघी चीनको छेन्दु गएको थियो। त्यसअघि चिनियाँ सेनाको प्रतिनिधिमण्डल पनि नेपाल आएको थियो। यसअघि ०७४ वैशाखमा दुई देशका सेनाले पहिलोपटक १० दिने संयुक्त सैन्य अभ्यास गरेका थिए।

पहिला संयुक्त सैन्य अभ्यास भनिएकोमा यसपटक भने संयुक्त तालिम नाम दिइएको छ। तालिममा विपद् व्यवस्थापन र प्रतिआतंकवादका क्षेत्रमा थप अनुभव र उपलब्धि हासिल गर्न सहयोग पुग्ने सेनाले जनाएको छ।

शुक्र, भदौ १३, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस