प्रहरी कार्यालय जानुपर्ने जनता टेलिभिजन कार्यालय जानु राज्यकै लागी चुनौती

सुनौलो नेपाल – दुई तिहाई जनमत प्राप्त सरकारले पनि अपेक्षित काम गर्न नसकेपछि यतिबेला जनताहरु निराश बनेका छन्। जनअपेक्षा अनुसार सरकारले पनि बिकासको संकेत देखाउन नसकेपछि स्वयम् सत्तारुढ दलकै नेता तथा सांसदमा समेत जनताहरुमा जस्तै निराशा बढ्नु स्वाभाविक हो। यहि सन्दर्भमा हामीले जनताको अपेक्षा, पछिल्लो समय जनतामा बढ्दै गएको आक्रोश बारे सुनौलो नेपालका लागी डा.सुरेन्द्र केसी र संसद डा.सुर्य पाठकलाई बहस गराएका थियौ।

यहिँ बहसमा डा.केसीले जनताले ल्याएको परिवर्तन र दिएको जनमतमा सरकारले काम गर्न नसकेपछि जनताहरु निराश बनेर सडकमा उत्रिन बाध्य भएको बताए। सरकार र त्यसका निकायले गर्ने काम इमान्दार पुर्वक गर्न नसकेका कारण प्रहरी कार्यालय जानुपर्ने जनता टेलिभिजन खोज्दै हिड्नुपर्ने स्थिति आउनु राज्यकै लागी प्रतिउत्पादक मात्र नभई चुनौती बन्दै गएको बताए।

त्यस्तै नेकपा सांसद डाक्टर सुर्य पाठकले राज्यका ति निकायमा कमि कमजोरी रहेको बताउदै जनताले अपेक्षा गरे बमोजिम काम हुन् नसक्नुमा कानुनी जटिलता रहेको र त्यसलाई सुधार गर्न अहिलेको सरकार कटिबद्ध रुपमा लागेको छ। यसैलाई आधार बनाएर पुरै प्रणालीलाई गलत भन्न नहुने बताए। पिडित जनता टेलिभिजन कार्यालय तर्फ जानु दुखद हो हामी पनि त्यो स्विकार्छौ अब हाम्रा कमी कमजोरी सुधार्न नसके त्यसको सजाए हामीलाई जनताले दिनेछन।

डा पाठकले कतिपय अवस्थामा जनताले पनि राज्यले बनाएको कानुनलाई पालना नगर्नुले पनि समस्या उत्पन्न हुने गरेको दाबी गर्दै अब जनता पनि इमान्दार बन्नुपर्ने बेला आएको बताए। त्यसको जवाफमा डा केसीले जनताले नियम नमान्नुका पछाडी उचित दण्ड र पुरस्कार नहुनु मुख्य कारक रहेको भन्दै राज्यले भएका नियमलाई कार्यान्यवन गराउन नसकेको आरोप लगाए। उनले भने यति मात्र नभई हरेक ठाउँमा बिचौलिया राजनीतिक पार्टीका मान्छे छन्। पार्टीको सिफारिस बिना कसैले जागीर पाउदैन अनि कसरी सुधार हुन्छ। अहिलेको सन्दर्भमा कुनै पार्टीको कार्यकर्ता नभई कसैले जागिर खाएको रैछ भने आफु यो बोल्ने कामै छोड्ने च्यालेन्ज समेत दिए केसीले।

निकै खरो बहसका क्रममा सांसद डा पाठकले अहिलेको व्यवस्था सुधार हुने क्रममा रहेको र त्यसलाई सुधार गर्दै लगिने बताउदै यदि कसैले रातारात परिवर्तन हुन्छ भन्ने सोचेको छ भने आउनुस पहिला काठमाडौँको ट्राफिक ब्यबस्थापनको जिम्मा लिएर हेर्नुहोस प्रस्तावना राख्नुस एक महिनामा गरेर देखाउनुस म संसदमा कुरा उठाउछु तपाईलाई जिम्मा दिन्छु भन्दै च्यालेन्ज दिए । सो चुनौतीपछि डा.केसीले भने आफुलाई जिम्मा दिन र आफुले परिवर्तन गर्ने भन्दै संसद पाठकको चौनती स्वीकार गरेका छन् ।

हेर्नुहोस डा केसी र डाक्टर पाठकको बहस

शनि, भदौ १४, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस