जब प्रदीप रोदनले युवा कवि मोतिराम भट्टको झल्को दिलाए …

बालकृष्ण थपलिया भाद्र १४ । नारायणगढ । पनौती काभ्रेका स्रष्टा सूर्य प्रसाद लाकोजू र गोर्खा पालुङटारका स्रष्टा प्रदीप रोदनले युवा कवि मोतिराम भट्टको झल्को दिलाए ।

चितवन साहित्य परिषदको आयोजनामा १५४ औ  मोति जयन्तीको अवसरमा लाकोजूलाई चिसाप राजकृष्ण कडेल साहित्य समर्पण गरियो भने रोदनले गजल गायनका माध्यमबाट चिसापको हलमा उपस्थित गजल अनुरागीहरुको मन जिते । कवि गोविन्दराज विनोदीले लाकोजूको मेरो घाम कविता सङ्ग्रहका लागि ११ हजार ४५ रुपैयाँ धनराशि सहित चिसाप राजकृष्ण कडेल साहित्य समर्पण गर्नु भयो ।

चिसापका अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षतामा आयोजित कार्यक्रममा साहित्यकारहरु केदारनाथ खनाल,जगन्नाथ पण्डित , गणेश श्रमण, बालकृष्ण थपलिया लगायतले मन्तव्य राख्नु भएको थियो ।

शनि, भदौ १४, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस