खुल्यो नेपालको बैंक रित्याउने ह्याकरको मुख्यालय, नेपालमा भरिया स्पेनमा मालिक !

१६ भदौ काठमाडौं, नेपालका बैंक ह्याकरको निशानामा रहेको समाचारहरु प्रकाशित भईरहंदा शनिबार चिनिया नागरिकले एटिएम ह्याक गरि करौडौ रकम निकालीसकेका थिए ।सम्बंधित बैंकको समयमा आएको सुचना र नेपाल प्रहरीको बिशेष सक्रियताले ह्याकरले सोचे जस्तो भयानक दुर्घटना हुन् पाएँन । आईतबार पक्राउ परेका चिनिया नागरिकको अनुसन्धान गर्दै जाँदा प्रहरीले महत्वपूर्ण सूचनाहरु फेला पारेको छ ।त्यसमार्फत बैंकिङ प्रणाली ‘मालवेर’ आक्रमण गरेर करिब दुई करोड रुपैयाँ लुट्ने योजनकारले स्पेनमा बसेर नेपालमा समूह परिचालन गरेको खुलासा भएको छ । शनिबार मध्यराति काठमाडाैं प्रहरी परिसर, टेकुले चलाएको अपरेशनका क्रममा पक्राउ परेका अभियुक्तले नाइके स्पेनमा रहेको बयान दिएका हुन् ।

दरबारमार्गस्थित एटिएमबाट नक्कली एटिएम कार्डको प्रयोग गरी रकम झिक्ने पाँचजना चिनियाँ नागरिक पक्राउ परेका थिए।शनिबार साँझ बैंकको १ करोड २६ लाख रकम झिकेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौले पक्राउ गरेको थियो। उनीहरुले एटिएमको सिस्टम ह्याक गरी अर्काको खातामा रहेको पैसा निकाल्ने गरेका थिए। एटिएमबाट एकैपटक ठूलो रकम निकालिएपछि बैंकका कर्मचारीले निगरानी गरेका थिए। केही शंकास्पद गतिबिधि समेत देखिएपछि बैंकले प्रहरीलाई खबर गर्दा ठुलो क्षति व्यहोर्नु परेन।

शनिबार दिउँसो र रातभरमा राजधानीका सबै एटीएम बुथबाट पैसा निकालेर आइतबार क्यासिनो जाने र सोमबार चीन फर्कने उनीहरुको योजना रहेछ काठमाडौं प्रहरी प्रवक्ता बोगटीले बताउछन। उनका अनुसार माया मनोहर बुटिक होटलमा चिनियाँ नागरिकको चार चार जनाको दुई वटा समूह थियो जो एक अर्कामा परिचित थिएनन्। तर दुवै समूह शुक्रबार मात्र नेपाल उत्रिएका थिए।नबिल बैंकको एटिएम बुथबाट चिनियाँलाई नियन्त्रणमा लिँदा वरिपरी तीनजना चिनियाँ रहेको देखिन्छ। साथीलाई पक्राउ गरेपछि उनीहरु दौडँदै होटल पुगेर पैसा लिएर भाग्न खोज्दा पक्राउ गरेका हौँ डीएसपी बोगटी भन्छन्।

शुक्रवार उनीहरु पर्यटन भिसामा नेपाल प्रवेश गरेका थिए। पाँच जनाको समूहमा आएका उनीहरुले जय नेपाल हलनजिकै रहेको माया मनोर बुटिक होटेल बुक गराएका थिए। होटेलको तीनवटा कोठा बुक गराएर शुक्रवारदेखि त्यहीँ बसेका थिए। काठमाडौं झरेको २४ घण्टामै उनीहरुले योजना अनुसार रकम झिक्न सुरु गरेका थिए। प्रहरीले अहिलेसम्म १ करोड ३६ लाख रुपैयाँ ह्याकरबाट बरामद गरिसकेको छ। केही बैंकहरुले प्रयोगमा ल्याएको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड नेप्स को प्रणालीलाई गिरोहले ह्याक गरेको छ। यो प्रणालीमा १५ वटा बैंकहरु आबद्ध छन्।उनीहरु रकम लुटेर आइतवार र सोमवार नै चीन फर्किने तयारीमा रहेको अनुसन्धानमा खुलेको छ।

ह्याकर आक्रमणपछि गए रातिदेखि बन्द रहेका नेपाली वाणिज्य बैंकहरुका एटिएम सञ्चालनमा आएका छन्। सम्बन्धित बैंकको एटिम मेसिनबाट मात्र पैसा निकाल्न मिल्ने सम्बन्धित अधिकारीहरुले जनाएका छन्। ह्याकरहरुले आक्रमण गर्ने खतरा बढेपछि एटीएम सर्भर प्रोभाइडर संस्था नेप्सले शनिबार रातिदेखि आफ्ना सदस्य बैंकहरुको एटीएम सेवा बन्द गरेको थियो।

सोम, भदौ १६, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस