साबधान कहिल्यै नजानुस यो रुखको छेउ !

सामान्यतया रुख विरुवाको आसपासमा बस्नु स्वास्थ्यका दृष्टीकोणबाट पनि राम्रो मानिन्छ ।स्वच्छ हावापानीका लागि पनि रुख विरुवालाई उपयुक्त मानिन्छ । तर आज हामी एउटा यस्तो रुखको तथ्य उल्लेख गर्दैछौं जुन रुखको छेउमा पुग्यो भने पनि ज्यान नै जाने सम्मको जोखिम रहन्छ ।हुन त त्यो रुख पनि अन्य सामान्य रुख जस्तै देखिन्छ । त्यो रुखको नाम सरबेरा ओडोलम हो । अन्य रुख सँग समानान्तर देखिएपनि त्यसको छेउमा जानु जोखिमपूर्ण हुन्छ ।

सरबेरा ओडोलम

बैज्ञानिकहरुका अनुसार, त्यो रुख हेर्दा सुन्दर लागेपनि यति विषालु हुन्छ की छेउमा गएर कसैले छोयो भने मानिस सिधै मृत्युको मुखमा पुग्छन् । यो रुखका कारण विश्वभर प्रत्येक हप्ता कम्तीमा पनि एक जनाको ज्यान जाने  गरेको बताइन्छ ।यो रुख निकै विषालु हुन्छ ।वैज्ञानिकहरुका अनुसार विश्वमै पाइने विषालु रुखमध्ये यो सर्वाधिक जोखिमपूर्ण रुख हो ।

बैज्ञानिकहरुको अनुसन्धान अनुसार, त्यो रुखमा रहेको विष मानिसको शरीरमा प्रवेश गरेमा मुटुको धडकन बढ्ने, वाकवाकी लाग्ने, टाउको दुख्नेजस्ता समस्या हुन्छन् ।यसले हृदयको कार्य प्रणाली र एन्जाइम्सलाई चाँडै असर गर्दछ । जसका कारण मानिसको ज्यान जान्छ  । यो रुख भारतसहित दक्षिण पूर्वी एसियाका केही मुलुकमा पाइन्छ ।

 

 

 

सोम, भदौ १६, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस